सिलिचोङमा चार जनाको कोरोना परिक्षण, सवैको रिपोर्ट नेगेटिभ



ताम्कु । विभिन्न देशहरुबाट सिलिचोङ भित्रिएका चार जनाको कोरोना परिक्षण (आरडिटी) गरिएको छ । आज ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी गर्दा चारै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

भारतबाट आएका सिलिचोङ ३ ताम्कुको लुम्देवा टोलका २, मलेसिया बाट आएका सिलिचोङ ३ खानीगाउँको १ र दुबईबाट आएका सिलिचोङ ३ ताम्कु सिन्तुप टोलका एक जनाको परिक्षण गरिएको हो ।

आज उनीहरुको आरडिटी परिक्षण गर्दा सवैको नेगेटिभ आएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दीपेन्द्रकुमार कुलुङले जानकारी दिनुभयो । उनीहरु १४ दिनसम्म होम क्वारेन्टाईनमा राखिएको स्वास्थ्य संयोजक कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार