काठ्माण्डौबाट सिलिचोङ आएकाहरुलाई क्वारेन्टाईनमा राखियो




ताम्कु । लक डाउनका कारण काठ्माण्डौमा फसेकाहरुलाई गाउँ फर्काईएपछि क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिका भित्रिएकाहरुलाई ११ जनालाई वडाहरुमा बनाईएको क्वारेन्टाईनमा राखिएको हो ।

वडा नम्बर २ बालाको क्वारेन्टाईनमा ३ जना राखिएको छ । त्यस्तै वडा नम्बर ३ ताम्कुको क्वारेन्टाईनमा ६ जना राखिएको छ । त्यस मध्ये ४ जना वडा नम्बर ५ याफुको रहेका छन् । याफुका तीन जना मध्ये २ जना बालबालिकाहरु हुन् । काठ्माण्डौबाट आएका अन्य सिलिचोङवासीहरुलाई भने खाँदबारीको क्वारेन्टाईनमा राखिएको छ ।

क्वारेन्टाईनमा राखिएकाहरुको दैनिक विहान र बेलुका स्वास्थ्य परिक्षण गरिने सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दीपेन्द्र कुमार कुलुङले जानकारी दिनुभयो । उनीहरुको १४ दिनपछि कोरोना परिक्षण (आरडिटी) गरि घर पठाईने समेत उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार