आप्रवासी लकुवाली समुहको सहयोगमा सरसफाई सामग्री वितरण (भिडियो सहित)



ताम्कु । सिलिचोङ गाउँपालिका ३ ताम्कु लकुवा टोलका परदेशी (आप्रवासी लकुवाली समुह) युवाहरुले आफ्नो गाउँ लकुवामा सरसफाई सामग्री वितरण गरेका छन् । दक्षिण कोरिया, क्यानडा र काठ्माण्डौमा रहेका युवाहरुको समुहले गाउँका एक सय ४ परिवारलाई आज सरसफाई सामग्री उपलब्ध गराएका हुन् ।

स्थानीय संस्था वातावारण तथा संस्कृति संरक्षण समितिको संयोजनमा उक्त सामग्रीहरु वितरण गरिएकोे हो । लकुवा गाउँमा जन्मेर रोजगारीको क्रममा विभिन्न देश तथा विदेश पुगेका युवाहरुले गाउँको स्वास्थ्य सुधारमा टेवा पुराउने उद्देश्यले सरसफाई सामग्रीहरु उपलब्ध गराएका हुन् । उनीहरुले बाल्टि, साबुन दानी र प्रति परिवार ६ डल्लो साबुन उपलब्ध गराएका हुन् । हाल कोरोना भाईरसको महामारीबाट बचाउनको लागि हात धुन सरसफाई सामग्री उपलब्ध गराईएको सहयोगी मध्येका एक दिर्घ कुलुङले जानकारी दिनुभयो । प्रत्येक घरको आँगनमा उक्त बाल्टि राख्ने ठाउँ राख्नु पर्ने र बाल्टिसँगै सावुन अनिवार्य राखेर हात धुने ब्यवस्था गर्नु पर्ने बताईएको छ ।

धेरै रोगहरु फोहोर हातको माध्ययमबाट लाग्ने भएकोले सधैं हात सफा राख्न स्वास्थ्य सामग्री सहयोग गरिएको कुलुङले बताउनुभयो । यस अघि हात धुने तरिका प्रत्येक घरमा पुगेर सिकाईएको थियो । हात धुने तरिका सिलिचोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङ र ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका एचए दिपेश कुलुङले सिकाएका थिए ।

गाउँको सरसफाईको लागि दक्षिण कोरियाबाट तिर्थ, जनक, सरोज र प्रकाश कुलुङले आर्थिक सहयोग गरेका छन् । त्यस्तै, क्यानडाबाट पुजा चाम्लिङ कुलुङ, ईटहरीबाट बुद्धि कुलुङ र काठ्माण्डौबाट दिर्घ कुलुङ र पुष्कर कुलुङले आथिएक सहयोग गरेका हुन् ।

सम्बन्धित समाचार