प्रेस युनियन सुनसरीद्धारा संखुवासभा पत्रकार महासंघलाई माक्स सहयोग




संखुवासभा । नेपाल प्रेस युनियन सुनसरी शाखाले नेपाल पत्रकार महासंघ संखुवासभालाई माक्स र सेनिटाईजर उपलव्ध गराएको छ ।

प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले संखुवासभामा रहेको मिडिया हाउस र स्थानीय तथा राष्टिय स्तरका पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीका लागि माक्स २ सय थान, ५ थान सेनिटाईजर र एन ९० माक्स उपलव्ध गराएका हुन् । ती सामाग्री पत्रकार दीपेन्द्र शाक्यले महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीलाई शुक्रबार हस्तान्तरण गरे ।

अध्यक्ष गिरीले सुनसरी युनियनका सभापति अधिकारीले पठाएका माक्स संखुवासभामा भएका ८ वटा रेडियो स्टेशन, २ वटा अनलाईन पोर्टल र राष्टिय स्तरका सञ्चारकर्मीलाई वितरण गर्ने बताए । यी सामाग्रीले समाचार संकलनमा सहज हुने विश्वास उनले लिए ।

सम्बन्धित समाचार