सिलिचोङ: प्रकोप ब्यवस्थापन कोषमा रकम संकलन सुरु, उमेश चाम्लिङले दिए पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ




ताम्कु । बढ्दो कोरोना भाईरसको संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सिलिचोङ गाउँपालिकाले प्रकोप ब्यवस्थापन कोष स्थापना गरेको थियो । गाउँपालिकाले उक्त कोषमा राहत रकम सहयोग गर्न अपिल समेत गरेको थियो ।

उक्त कोषमा रकम संकलन सुरु भएको छ । सिलिचोङ गाउँपालिकाका स्थानीय युवा उमेश चाम्लिङले रकम जम्मा गर्नुभएको छ । उहाँले पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गर्नुभएको छ । चाम्लिङले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त चेक बुझिलिनुहुँदै गाउँपालिका अध्यक्ष कुलुङले धन्यवाद ज्ञापन गर्नुभयो । अन्य दाताहरुले पनि प्रकोप ब्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गर्नुभयो ।

यस कोषमा जम्मा भएको रकमले गाउँपालिकाका अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउनेहरुलाई राहत वितरण गरिने अध्यक्ष कुलुङको भनाई छ । राहतसँगै कोरोना भाईरस रोकथामको क्षेत्रमा पनि खर्चिने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले राहत ब्यवस्थापनको लागि एभरेष्ट बैंक लिमिटेडको ताम्कु शाखामा प्रकोप ब्यवस्थापन कोष खाता सञ्चालनमा ल्याएको हो । ८४००१०६२०००० खाता नम्बर रहेको उक्त खातामा ईच्छुक दाताहरुले राहत रकम जम्मा गर्न सकिने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । उक्त खातामा गाउँपालिकाका सवै जनप्रतिनिधीहरुले पनि एक महिनाको सुविधा वापतको रकम जम्मा गर्ने निर्णय गरिसकेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । त्यस्तै, गाउँपालिकाका अधिकृत स्तरको कर्मचारीहरुको पाँच र अन्य कर्मचारीहरुको तीन दिनको पारिश्रमिक बराबरको रकम कोषमा जम्मा गरिएको छ ।

सम्बन्धित समाचार