हिमालयन ट्रस्ट नेपालद्वारा हिलारी क्लीनिकलाई स्वास्थ्य सामग्री सहयोग




सोलुखुम्बु । हिमालयन ट्रस्ट नेपालले हिलारी क्लिनिक बुङ महाकुलुङलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विस्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरसको प्रकोपलाई रोकथाम गर्न मंगलबार स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

हिमालयन ट्रस्ट नेपाल सोलुखुम्बुका जिल्ला संयोजक नव भुजेलले स्वास्थ्य संस्था मै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको  हो । ट्रस्टले  डिजिटल थर्मोमिटर ६ थान, ग्लोभ्स २ सय थान, मेडिकल मास्क २ सय थान, के.एन् १७ मास्क २ थान, ह्याण्ड सेनिटाइजर २ लिटर, स्प्रे पम्प २ वटा र डिसइन्फेक्सन शोलुसन स्प्रे ५ लिटर रहेका प्रदान गरेको हो । महाकुलुङ गाउपालिका अध्यक्ष सागर किराँती र जि फाउन्डेसन नेपाल सोलुखुम्बुका संयोजक जित्न जनम राईको रोहवरमा क्लिनिक अहेव सचिन कुलुङलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

उक्त हिलारी क्लिनिकलाई प्रत्येक वर्ष एक लाख रुपैइाँ बराबरको निशुल्क औषधी हिमालयन ट्रस्ट नेपालले दिदै आएको छ ।

सम्बन्धित समाचार