प्रेस युनियन संखुवासभाद्वारा जिल्लाका सञ्चारकर्मीहरुलाई खाद्यन्न सहयोग




खाँदबारी । नेपाल प्रेश युनियन जिल्ला शाखा संखुवासभाले लामो समयको लकडाउनका कारण समस्यामा रहेका संखुवासभाका संचारकर्मीलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

नेपाल प्रेश युनियनका जिल्ला शाखाका सभापति कृष्णराज शाक्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा मार्फत जिल्लाका दुर्गम क्षेत्रबाट सदरमुकाममा बसेर संचारकर्ममा खटिरहेका जिल्लाका १० संचारकर्मीलाई सहयोग उपलब्ध गराईएको जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष ईन्द्र गिरीलाई सहयोग हस्तान्तर गर्दै कोरोना संत्रासका कारण सरकारले घोषणा गरेको लकडाउनबाट दैनीक गुजाराको समस्यामा रहेका क्रियाशिल पत्रकारहरुलाई सानै भए पनि सहयोग स्वरुप राहत उपलब्ध गराईएको वहाँको भनाई थियो । राहत सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे पत्रकार महासंघका सभापति ईन्द्रकुमार गिरीले लामो समयको लकडाउनका कारण संचारकर्मीहरु समेत समस्यामा रहेको बेला सहयोग उपलब्ध गराएकोमा नेपाल प्रेश युनियन जिल्ला शाखा संखुवासभालाई धन्यबाद प्रकट गर्नूभएको थियो ।

वहाँले प्रेश युनियन मार्फत उपलब्ध गराईएको सहयोग सामग्री समस्यामा रहेका जिल्लाका १० संचारकर्मीलाई प्रतिब्यक्ती १ बोराका दरले उपलब्ध गराईने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार