सिलिचोङ राहत कोषमा २९ जनप्रतिनिधी र ३४ कर्मचारीबाट ४ लाख ७ हजार रुपैयाँ जम्मा




ताम्कु । सिलिचोङ गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको पारिश्रमिकबाट ४ लाख सात हजार रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ । कोरोना भाईरस रोकथामको लागि जनप्रतिनिधी र कर्मचारीहरुको तलव तथा सुविधाबाट उक्त रकम जम्मा गरिएको हो ।

गाउँपालिकाका सवै जनप्रतिनिधीहरुको एक महिनाको तलव सुविधा कटाएर जम्मा गरिएको हो । त्यस्तै कर्मचारी तर्फ अधिकृत तहको ५ र त्यस भन्दा तल्लो तहको कर्मचारीहरुको तीन दिनको रकम राहत कोषमा जम्मा गरिएको हो । गाउँपालिकाका २९ जनप्रतिनिधीहरुको सुविधा वापत ३ लाख २४ हजार रुपैयाँ र ३४ कर्मचारीहरुबाट ८० हजार रुपैयाँ जम्मा गरिएको प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा कार्यरत स्वास्यकर्मीहरुको भने पारिश्रमिक नकटाईएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले स्पष्ट पार्नुभयो । संघिय सरकार मातहतका कर्मचारीहरुको भने केन्द्रीय राहत कोषमा जम्मा हुने पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार