सिलिचोङ गाउँपालिकाले घरघरमा बाढ्यो सामाजिक सुरक्षा भत्ता



सिकिदिम गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुहुँदै वडा सदस्य मणिकुमार कुलुङ ।

ताम्कु । सिलिचोङ गाउँपालिकाले यस पटकको सामाजिक सुरक्षा भत्ता घरघरमा पुगेर बाँडेको छ । बन्दाबन्दीको कारण लाभग्राहीहरु कार्यालयसम्म आउन नसक्ने भएकोले यस पटक घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरणको लागि प्रत्येक वडाका जनप्रतिनिधीहरु लाभग्राहीको घरघरमा पुगेर वितरण गरिरहेका छन् । लक डाउन सकिने सयम यकिन नभएको र पछि वितरण गर्दा लाभग्राहीहरुलाई समस्या हुने भएकोले प्रत्येक वडाका जनप्रतिनिधीबाट घरघरमा पुराउने ब्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

लक डाउनको कारण विपत्तीमा परेको बेला घरमै पुगेर सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुलाई राहत मिलेको अध्यक्ष कुलुङको दावी छ ।

सम्बन्धित समाचार