दोबेरबुङ कल्याण नेपालले काठ्माण्डौमा बाँढ्यो खाद्यन्न राहत




ताम्कु । सिलिचोङ गाउँपालिकाको वडा नम्बर २ बाला दांखिलामा स्थापित दोबेरबुङ कल्याण नेपाल संस्थाले काठ्माण्डौमा खाद्यन्न राहत बाँढेको छ । सिलिचोङ घर भई विभिन्न कामको सिलसिलामा काठ्माण्डौ पुगेर रोखिएकाहरुलाई राहत बाँढेको हो ।

दोबेरबुङले १७ परिवारलाइ राहत बाँडेको हो । उनीहरुलाई प्रति परिवार ३० किलोग्राम चामल, दाल दुई किलोग्राम, नुन एक किलोग्राम र तेल एक लिटर वितरण गरेको हो । संस्थाले अझै केहि समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने तयारी गरेको दोबेरबुङका भुपेन्द्र कुलुङले जानकारी दिनुभयो ।

हालसम्म चाबहिल, कपन, बसुन्धारा, स्वयम्भू, जोरपाटी आरुबारी र पेप्सीकोला क्षेत्रमा बितरण गरिएको कुलुङले जानकारी दिनुभयो । राहत विभिन्न ब्यक्तिबाट सहयोग संकलन गरेर वितरण गरिएको कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार