सिलिचोङमा काठ्माण्डौबाट आएकाहरुमा कोरोना नभएको पुष्टि



क्वारेन्टाईनमा बसेकाहरुलाई डिस्चार्ज प्रमाण पत्र वितरण गरिदै ।

ताम्कु । १५ दिन अघि काठ्माण्डौबाट गाउँ ल्याईएकाहरुमा कोरोना भाईरस नभएको पुष्टि भएको छ । गाउँ ल्याईएकाहरु मध्ये १७ जनालाई क्वारेन्टाईनमा राखिएको थियो ।

उनीहरुको आरडिटी परिक्षण गर्दा सवैको नेगेटिभ आएको हो । काठ्माण्डौबाट ल्याईएकाहरुलाई बालामा ३, मांतेवामा ४ र ताम्कु क्वारेन्टाईनमा १० जना राखिएको थियो । बालाको क्वारेन्टाईनमा राखिएकाहरुको आईतबार आरडिटि परिक्षण गरिएको थियो भने ताम्कु र मांतेवाको क्वारेन्टाईनमा राखिएकाहरुको सोमबार परिक्षण गरिएको थियो ।

उनीहरुमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएपछि सवैलाई घर फठाईएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । क्वारेन्टाईनबाट विदा भएकाहरु ७ दिनसम्म होम क्वारेन्टाईनमा बस्नु पर्ने लगायतका परामर्श दिएर उनीहरुलाई घर पठाईएको गाउँपालिकाले जनाएको छ ।

पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काको पहलमा उनीहरु गाउँ फर्किएका थिए । पहिलो चरणमा उनीहरुलाई गाउँ फर्काईए पनि त्यसपछि सरकारले गरेको कडाई र स्थानीय तहमा गाउँ फर्काउने सम्बन्धी एक मत नहुँदा बाँकीलाई ल्याउन सकिएको थिएन ।

सम्बन्धित समाचार