सिलिचोङ क्वारेन्टाईनमा बसेकाहरु भन्छन्, ‘हामी अत्यन्तै खुसी छौं’ (फोटो सहित)



ताम्कु क्वारेन्टाईनको बेड नम्बर १ मा बसेका एक जनाले नम्बर प्लेट काजगमा लेखि छोडेको प्रतिकृया ।

ताम्कु । लक डाउनको कारण काठ्माण्डौमा रोकिएर अति समस्यामा परेका सङ्खुवासभाका तीन स्थानीय तहका नागरिकहरुलाई गाउँ फर्काउने अभियानको क्रममा सिलिचोङका २७ नागरिकहरुलाई पनि गाउँ पठाईएको थियो । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काको विशेष पहलमा सिलिचोङ काठ्माण्डौ समन्वय समितिको सहजिकरणमा उनीहरुलाई गाउँ पठाईएको थियो ।

२७ मध्ये १७ जनालाई गाउँपालिकाको विभिन्न क्वारेन्टाईनमा राखिएको थियो भने अन्यलाई खाँदबारीमा राखिएको थियो । उनीहरु सवैलाई १४ दिनको क्वारेन्टाईन बसाईपछि आरडिटि परिक्षण गरि घर पठाईएको हो । क्वारेन्टाईनबाट विदाई हुँदै गर्दा उनीहरु गाउँपालिका र काठ्माण्डौमा पहल गर्नेहरुसँग ऋणी रहेको बताएका छन् । काठ्माण्डौदेखि गाउँपालिकाको ब्यवस्थापन अत्यन्त राम्रो रहेको उनीहरुले प्रतिकृया दिएका छन् ।

काठ्माण्डौमा अभावको विचबाट उद्दार गरेर गाउँमा ल्याई खानपान सहितको सम्पुर्ण ब्यवस्था अति राम्रो रहेको सिलिचोङ १ का गाल्देन शेर्पाले बताउनुभयो । गाउँपालिकाको सहयोग, स्थानीय नागरिकहरुको सद्भाव प्रति आफुहरु अत्यन्तै खुसी भएको शेर्पाले प्रतिकृया दिनुभयो । ब्यक्तिगत खर्चमा गाउँसम्म फर्काउन सहयोग गर्ने पुर्व राज्यमन्त्री दिपक खड्कालाई समेत उनीहरुले धन्यवाद दिएका छन् ।

१७ मध्ये ३ जना सिलिचोङ २ बालाको क्वारेन्टाईनमा राखिएको थियो भने ४ जनालाई सिलिचोङ ४ मांतेवाको क्वारेन्टाईनमा राखिएको थियो । बाँकीलाई वडा नम्बर ३ ताम्कुको क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनबाट विदाई भएकाहरु थप सात दिनसम्म होम क्वारेन्टाईनमा बस्नु पर्ने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

आरडिटि परिक्षण र परिक्षण पछिका कहि तस्विरहरु यहाँ राखिएको छ ।

सम्बन्धित समाचार