सिसुवाको छुदाक पुग्यो सडक, सोलिङको काम धमाधम




ताम्कु । सडक पुर्वाधारको क्षेत्रमा सवैभन्दा धेरै बजेट विनियोजन गरेको सिलिचोङ गाउँपालिकाले धमाधम सडक निर्माणको काम गरिरहेको छ । लक डाउनको समयमा पनि तोकिएको मापडण्ड पुराउदै निर्माणको काम गर्दै आएको छ ।

सडकको निर्माण तथा स्तरोन्नतीको क्रममा सिक्टेमटारदेखि छुदाकसम्मको मोटरबाटो ट्रयाक ओपनको काम सम्पन्न भएको छ । लक डाउनकै विचमा पनि भौतिक दुरी कायम गर्दै सडकको ट्रयाक खोल्ने काम पुरा भएको हो । वडाको १० र पालिकाको १० गरि २० लाख रुपैयाँको लागतमा ट्रयाक खोल्ने काम पुरा भएको वडा नम्बर १ का सदस्य रोहित कुलुङले जानकारी दिनुभयो ।

तोकिएको स्टिमेट अनुसार एक हजार तीन सय मिटर सडक खोलिएको सदस्य कुलुङले जानकारी दिनुभयो । स्टिमेट मध्ये तीन सय ३४ मिटर सोलिङको काम सुरु भईसकेको कुलुङको भनाई छ । त्यस्तै १६ मिटरको पर्खाल लगाउने काम पनि सुरु भएको बताईएको छ । यो सडकबाट ताम्लुङ, छुदाक, रियाम्मा, मोस्तेम, तिवा डाँडा लगायतका नागरिकहरु आवतजावत गर्नेछन् । यहि सडकले भोजपुरको देउराली र तालखर्क जोडिने समेत वडा सदस्य कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार