महाकुलुङ गाउँपालिका अध्यक्ष सहित ८ जना क्वारेन्टाईनमा




महाकुलुङ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती सहित ८ जना गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको छ । काठमाण्डौका आफ्ना नागरिकहरुलाई राहत वितरण गरेर फर्किएपछि अध्यक्ष सहितको टोली क्वारेन्टाईनमा बसेका हुन् ।

काठ्माण्डौमा गएर गाउँ फर्किएकाहरु स्वास्थ्यको जोखिम हुन सक्ने र उनीहरुबाट गाउँका नागरिकहरु त्रसित हुने भएकोले उनीहरु क्वारेन्टाईनमा बसेका हुन् । क्वारेन्टाईनमा बस्नेहरुमा गाउँपालिका अध्यक्ष सागर किराती, प्रमुख प्रशासकिय अधिकृत लवुन राई, लेखा अधिकृत नारायण काजी बस्नेत, वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङ, कृषी तथा पशुपंक्षी शाखा संयोजक डा. विर्खराज कुलुङ, सुचना तथा प्रविधी अधिकृत कृष्णराई, राहत वितरणमा खटिएका स्थानीय दिप कुलुङ र सवारी चालक प्रेमकुमार तामाङ रहेका छन् । उनीहरु गाउँपालिकाले साम्रो डाँडामा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको हो ।

उनीहरु काठ्माण्डौमा रहेको ७ सय २१ परिवारलाई राहत वितरण गरेर गाउँ फर्किएका हुन् । उनीहरुलाई तोकिएको मापडण्ड अनुसार क्वारेन्ठाईनमा राखेर आरडिटी परिक्षण गरेपछि घर फर्काईने स्वास्थ्य संयोजक हरिप्रसाद आचार्यलाई उदृढ गर्दै स्थानीय दिलिपसिं कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार