रेडियो संखुवासभाद्वारा प्रहरी, पत्रकार र कारागारलाई माक्स र ग्लोव्स




संखुवासभा । रेडियो संखुवासभाले जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र नेपाल पत्रकार महासंघ संखुवासभालाई माक्स र ग्लोव्स उपलव्ध गराएको छ । रेडियोका अध्यक्ष कृष्णभगत प्रधानले प्रहरीलाई ५ सय थान सर्जिकल माक्स र ५ सय जोडी ग्लोव्स हस्तान्तरण गरे ।

उनले ती सामाग्री डिएसपी मिमबहादुर लामालाई हस्तान्तरण गरेका थिए । त्यस्तै अध्यक्ष प्रधानले कारागारका जेलर विनोद अधिकारीलाई कैदी बन्दीका प्रयोजनका लागि २ सय थान माक्स र पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीलाई ५० जोडी ग्लोव्स र १ सय थान माक्स हस्तान्तरण गरे । प्रहरी प्मुख डिएसपी लामाले यी सामाग्रीले फ्न्ट लाईनमा काम गर्ने प्रहरीलाई रातह मिल्ने बताउदै धन्यबाद दिए । कारागारका जेलर अधिकारीले कारागारभित्र संकमणको सबैभन्दा बढी डर भइरहेको बेला माक्स उपयोगी भएको बताए ।

पत्रकार महासंघका अध्यक्ष गिरीले यी सामाग्रीले संकटका बेला रिपोटिङ गर्न पत्रकारलाई सहज हुने पनि बताए । उनले माक्स र ग्लोव्स उपलव्ध गराएकामा रेडियो संखुवासभा प्रति आभार व्यक्त गरे ।

सम्बन्धित समाचार