खाँदबारी क्वारेन्टाइनलाई अरुण बरुण सहकारीले दियो साँडे बाह्र सय किलो चामल




खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीको क्वारेन्टाइनमा बसेकाहरुका लागि अरुण बरुण सहकारी संस्था लिमिटेडले खाद्यान्न सहयोग गरेको छ । बिहिबार खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडालाई एक हजार दुई सय ५० किलोग्राम चामल हस्तान्तरण गरिएको हो ।

सहकारीका अध्यक्ष ईश्वरकाजी कटवाल लगायतका टोलीले उक्त चामल हस्तान्तरण गरेका हुन् । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न तथा नियन्त्रण गर्नका लागि खाँदबारी नगरपालिकाले बरुण बहुमुखी क्याम्पसमा ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त क्वारेन्टाइनमा जिल्ला बाहिरका विभिन्न ठाउँहरुबाट आफ्नो गाउँघर फर्र्किएकाहरुलाई क्वारेन्टाइनमा राखिदै आएको छ । यसरी क्वारेन्टाईनमा राखिएकाहरुले उपभोग गर्ने गरि सहकारीले खाद्यन्न सहयोग गरेको सहकारीका अध्यक्ष ईश्वर काजी कटुवालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको निगरानीमा १५ दिन सम्म क्वारेन्टाइनमा राखेर राम्रोसंग स्वास्थ्य चेकजाँच पछि मात्रै घर जान दिने गरेको खाँदबारी नगरपालिकाले जनाएको छ । खाँदबारी नगरपालिकाले निर्माण गरेको उक्त क्वारेन्टाइनमा हाल ५ महिला र २२ पुरुष गरि २७ जना राखिएको छ ।

सम्बन्धित समाचार