नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सुर्तिजन्य पदार्थमा मुल्य बृद्धि गर्न माग




संखुवासभा । आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने सरकारको तैयारी शुरु हुनै लाग्दा कर तथा मुल्य बृद्धि र महंगिको बिरोध गर्दै ज्ञापनपत्र बुझाउने, र्याली, आन्दोलन, आमसभा, बन्द हड्ताल आदिजस्ता गतिबिधी संचालन गरिँदै आएको घट्ना नेपालमा प्रसस्त छन् तर नेपाल अर्बुद रोग निवारण संस्थाले सुर्तिजन्य पदार्थमा मुल्यमा अत्याधिक बृद्धि गर्न माग राख्दै देशब्यापी रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत सरकार समक्ष आग्रह गरेको छ ।

सरकारले आर्थिक बर्ष २०७७/०७८ का लागि घोषणा गर्न लागेको बजेटमा सतप्रतिशत कर बृद्धिको माग गर्दै देशका ४४ जिल्लामा रहेका शाखाको अगुवाईमा प्रमुख जिल्ला अधिकारी मार्फत कर बृद्धिको लागि सरकारलाई लिखित ज्ञापनपत्र बुझाईएको नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष महेश श्रेष्ठले बताए । श्रेष्ठले बिश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा सुर्तिजन्य पदार्थमा ७० प्रतिशत मुल्यमा कमि रहेको भन्दै उनले क्यान्सर रोगको प्रमुख कारक तत्व सुर्तिजन्य पदार्थ भएकाले शुर्तिजन्य बस्तुको प्रयोग घटाउन र राजश्व संकलनमा बृद्धि गर्न कर वढाउन आवश्यक भएकोमा जोड दिए ।

नेपालमा २०३९ साल देखि अर्वुद्ध रोग बिरुद्धको अभियानमा क्रियाशिल नेपाल अर्बुद रोग निवारण संस्थाले सुर्तिजन्य पदार्थ उपभोगको अवस्था घटाउन र राजश्व संकलनमा बृद्धि गर्न सरकारलाई आग्रह गर्दैआएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले बिश्वमा बार्षिक ९५ लाख बढि ब्यक्तिको क्यान्सर रोगका कारण मृत्युहुने गरेको बिश्वस्वास्थ्य संगठनको प्रतिवेदमा उल्लेख रहेको श्रेष्ठको भनाई छ । उनले नेपालमा बार्षिक ७ हजार बढि ब्यक्तिको क्यान्सरका कारण मृत्यु हुने गरेको जसमा पुरुषको तुलनामा महिलामा क्यान्सर रोग बढि देखिएको बिश्वस्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको बताए ।

यसै बिच नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाले सुर्तिजन्य पदार्थमा कर बृद्धि गर्न माग राख्दै आईतबार संखुवासभाका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला शाखाका सभापति कृष्ण बहादुर अधिकारीले संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई बुझाएको ज्ञापनपत्रमा सुर्तिजन्य पदार्थको उत्पादन, बिकृ बितरण र उपभोगलाई ब्यवस्थीत गर्दै सतप्रतिशत करबृद्धि गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा सुर्ति तथा मदिराजन्य बस्तु उपभोगका कारण क्यान्सर रोगीको संख्या उल्लेख्य रुपमा बृद्धि भएको भन्दै नियन्त्रणका लागि सतप्रतिशत कर बृद्धि आवश्यक भएको जनाईएको छ । स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने यस्ता बस्तुमा कर बृद्धि गर्न सकिए राजश्वमा उल्लेख्य बृद्धि हुने जसबाट कोरोना महामारिका कारण थलिएको नेपाली अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले संस्थाले प्रस्तुत गरेको ज्ञापनपत्र माथिल्लो निकायसम्म पुर्याउने बताए ।

सम्बन्धित समाचार