भुटानबाट संखुवासभा आएकी चेलीलाई ३५ बर्षदेखि खोज्दै गणेश




खाँदबारी । गणेश कुलुङ (राई) बुवा आमासँगै अहिले सुविधा सम्पन्न देश अमेरिकामा बस्छन् । सेवा, सुविधा, ऐश, आराम सवै थोक छ उनीसँग । तर दिन रात एउटै कुराले सताउछ गणेश र उनका परिवारलाई ।

करिव ३५ बर्ष अगाडी तिर भुटानको दाईसम भन्ने ठाउँमा राई परिवार बस्थे । सानै थिए गणेश, उनका दिदि कमला ठुली भईसकेकी थिई । गणेश सम्झन्छन्, उता भुटानमा उनकी दिदिलाई कनी भनेर बोलाउँथे ।

संखुवासभाको खाँदबारी घर बताउने रामे राई नाम गरेका एक जना रोजगारीको क्रममा भुटान गएका थिए । एक दिन गणेशको दिदि कनी (कमला) लाई रामे राईले भगाएर ल्याए । त्यो दिनदेखि कनी (कमला) सम्पर्कमा आएका छैनन् । त्यो बेलादेखि नै खुब बाटो हेरे तर सम्पर्कमा आएनन् । गणेशको परिवारले जानेबुझे जत्ति सवै तिर सोधी खोजी गरे तर पत्ता लगाएनन् उनको दिदिको ठेगाना र हाल खबर । घर खाँदबारी मात्र बताएका थिए रामे राईले । उनका भाई गणेश भन्छन्, ‘खाँदबारी त ठुलो क्षेत्रफलमा फैलिएको रहेछ हामीले दिदिलाई पत्ता लगाउन सकेनौं ।’ ‘उ बेला फोन पनि थिएन, भागेर आएकोले सुरुमा त घर आउन डराउनुभएको थियो होला’, गणेश थप्छन् ।

गणेशलाई दिदि नभेटिएको चिन्ता त छ नै, त्यो भन्दा पनि उमेर ढल्किसकेका आमा र बुवालाई गडिएको खिल बनेको छ । गणेशको परिवार भुटान मै रहदा दिदिको बाटो हेरिरहेका हुन्थे । तर, अव त भुटान छोडेको पनि बर्षौ भईसक्यो । उनको दिदि माईतिलाई सम्झेर भुटान पो गए की भन्ने चिन्ता पनि गणेशलाई नलागेको होईन । तर उनको दिदि कनी (कमला) राई संखुवासभाको कुनै ठाउँमा रहनुभएकोमा विश्वस्त छन् । त्यसैले संखुवासभाका कोहीसँग भेटे वा कुनै माध्ययममा कुरा भए उनको दिदिको सोधी खोजी गरिहाल्छन् । उनका दिदिलाई लिएर आउने रामे राईले आफ्नो गाउँ खादँदबारी भनेकोले खाँदबारी नगरपालिका भित्र नै हुनसक्ने उनको अनुमान छ । फेरी अर्को संका पनि छ उनमा, धेरैले चिन्ने खाँदबारी भएकोले उनको भिनाजु रामे राईले ठेगाना खाँदबारी भनेको पनि हुनसक्छ ।

ईमकालु अनलाईनसँग कुरा गर्नुहुँदै गणेश राईले आफ्नो दिदिको बारेमा सोधि खोजी गरिदिनको लागि अुनरोध गर्नुभयो । ‘भुटानबाट आएको भनेपछि गाउँघरमा धेरैले थाहा पाउन सक्छन्, सोधीखोजी गरेर सहयोग गरिदिन अनुरोध गर्छु’, राईले भने । उनका दिदि खोजेर भेटाईदिए केहि पुरस्कार दिने समेत गणेशले बताए ।

नोटः कनी (कमला) राईको बारेमा थाहा हुने र भेटाउने महानुभावले ९८१६३००९९९ मा सम्पर्क गरिदिनुहोला ।

सम्बन्धित समाचार