साेलुखुम्बुमा पनि पहिलाे पटक भेटियाे काराेना पाेजिटिभ




सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो कोरोना संक्रमीत भेटिएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ का २७ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बु प्रशासनले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दोस्रो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल फाप्लुको आईसोलेशन वार्डमा राखेर उपचार भईरहेको उनलाई थप उपचारको लागि कोरोना अस्पताल बिराटनगर पठाउने तयारी भईरहेको उहाँको भनाई छ ।

सम्बन्धित समाचार