खाँदबारी कारागारका एक जनालाई कैद मिनाहा



खाँदबारी । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार संखुवासभाबाट एक जना कैदीले माफी मिनाह पाएको छ । १२ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतीबाट एक जनाले माफी पाएको हो ।

कैद मिनाह पाउनेमा संखुवासभा जिल्लाको मकालु गाउँपालिका साविक पाथीभरा वडा नं. ७ का ३९ तेम्बा नुर्वु शेर्पा रहेका छन्। शेर्पा २०७१ साल माघ १३ गते कर्तव्य ज्यान मुद्धामा कारागार चलान भएको खाँदबारी कारागारका जेलर विनोद अधिकारीले जानकारी दिनुभयो ।

शेर्पालाई दश बर्ष नौ महिनाको कैद तोकिएको थियो । शेर्पाले हालसम्म पाँच बर्ष ६ महिना १९ दिन अर्थात ५१.६३ प्रतिशत कैद भुक्तान गरि सकेका थिए । शेर्पाको आचरण सुधार उन्मुख रहेकोले माफीको लागि सिफारिस गरिए अनुसार कैद छुट गरिएको जेलर अधिकारीले बताउनुभयो । शेर्पाले ५ बर्ष २ महिना ११ दिनको छुट पाएको हो ।

सम्बन्धित समाचार