सङ्खुवासभामा पनि दुई जनामा कोरोना भएको पुष्टि




खाँदबारी । सङ्खुवासभामा पनि दुई जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । भारतबाट आएको दुई पुरुषहरुको पिसिआर परिक्षण गर्दा आज पोजिटिभ रिपोर्ट आएको हो ।

भारतबाट आएका पाँचखपन नगरपालिका १ का २२ बर्षिय पुरुष र खाँदबारी नगरपालिका ७ का २३ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु जेठ १३ गते खाँदबारी आईपुगेर तुम्लिङटारको क्वारेन्टिनमा राखिएको थियो । उनीहरुको उपचार जिल्लामा नै गर्ने वा बिराटनगर पठाउने बारे छलफल भईरहेको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार