संखुवासभामा कोरोना पोजेटिभ देखिएपनि आत्तिहाल्ने अवस्था छैन




खाँदबारी । केहि दिन अघि संखुवासभा आएका दुई जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । खाँदबारी ७ का २३ बर्षिय पुरुष र पाँचखपन १ का २२ बर्षिय पुरुषमा कोरोना भएको पुष्टि भएको हो ।

जिल्लामा पहिलो पटक दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपनि डराउनु पर्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । सुनौली नाका हुँदै नेपाल प्रवेश गरेर जेठ १३ गते संखुवासभा आईपुगेकाहरुलाई सिधै क्वारेन्टाईनमा लगिएकोले उनीहरुबाट अरुमा सर्ने खतरा नरहेको स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले बताउनुभयो । उनीहरु जिल्ला प्रवेश गरे लगत्तै कसैलाई पनि नभेटाई तुम्लिङटार क्वारेन्टाईनमा राखिएको उहाँले जानकारी दिनुभयो ।

सुनौली नाकाबाट आएका ७ जना मध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । बाँकी ५ जनाको रिपोर्ट पनि आजै आउने बताईएको छ । उनीहरु सवैलाई तुम्लिङटार क्वारेन्टाईनमा नै राखिएको थियो ।

सम्बन्धित समाचार