संखुवासभामा टयाक्टरबाट उछिट्टिएर एक मजदुरको मृत्यु



खाँदबारी । चैनपुर ५ डाँगीगाउँबाट चैनपुर बजार तर्फ आउदै गरेको को २ त ५३०८ नम्बरको टयाक्टरबाट उछिट्टिएर आज एक जना मजदुरको मृत्यु भएको छ ।
संखुवासभाकै बज्र गुरु कन्ट्रक्सनमा मजदुरी गर्ने कामदार २१ बर्षिया पेम्बा ल्हमू शेर्पाको घटनास्थलमै मृत्यू भएको हो ।

उनि सवार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुरमा इन्चार्ज उपेन्द्र खरेलले जानकारी दिएका छन् ।

बिजय कार्की, प्रदेश पोर्टलबाट साभार

सम्बन्धित समाचार