काठ्माण्डौको हनुमानढोका सहरकारीले सिलिचोङलाई दियो डेढ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री




ताम्कु । काठ्माण्डौको खिचापोखरीमा रहेको हनुमानढोका बहुद्देसिय सहकारी संस्था लिमिटेडले सिलिचोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सहकारीका सदस्य जोतेन्द्रजंग लामिछाने संयोजन तथा सिलिचोङ काठ्माण्डौ समन्वय समितिका सदस्य दिर्घ कुलुङको पहलमा करिव डेढ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध भएको हो ।

सहकारीले ४० थान पिपिई सेट, एन ९० मास्क ६० थान र पञ्जा ७० थान उपलब्ध गराएको हो । सहकारीले स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत सिलिचोङ गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको जोतेन्द्रजंग लामिछानेलाई उदृढ गर्दै दिर्घ कुलुङले जानकारी दिनुभयो । सहकारीले स्वास्थ्य सामग्री वितरण गर्ने खबर प्राप्त भएपछि गाउँपालिकाको लागि स्वास्थ्य सामग्री माग गरे बमोजिम सामग्री प्राप्त भएको समन्वय समितिका सदस्य कुलुङले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य सामग्री गाउँपालिकाको स्वास्थ्य शाखाले बुझिलिएको छ । हनुमानढोका सहकारीबाट गुणस्तरिय सामग्री प्राप्त भएको स्वास्थ्य शाखा संयोजक दिपेन्द्र कुलुङले प्रतिकृया दिनुभयो । यसरी विपदको समयमा सहयोग गर्नुहुने हनुमानढोका सहकारी, जोतेन्द्रजंग लामिछाने र पहल गर्ने सिलिचोङ समन्वय समितिका सदस्य दिर्घ कुलुङलाई गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्बन्धित समाचार