अन्तत ३५ बर्षपछि गणेश कुलुङले भेटे आफ्नो दिदि




खाँदबारी । ‘संखुवासभा आएकी चेलीलाई ३५ बर्षदेखि खोज्दै गणेश’ शिर्षकमा एक समाचार ईमकालु अनलाईन डट कममा प्रकाशित भएको थियो । समाचार प्रकाशन भएको दुई हप्तामा गणेश कुलुङले आफ्ना चेलीलाई भेटाउनु भएको छ ।

३५ बर्ष अघि भुटानबाट रामे राई नाम गरेको एक जनासँग विहे गरि आएपछि सम्पर्क विहिन भएको दिदिसँग हालै सम्पर्क जोडिएको छ । हालै भेटिएको दिदिको संखुवासभाको ठेगाना पाँचखपन नगरपालिका वडा नम्बर ९ जलजला रहेको पत्ता लागेको हो । स्थायी ठेगाना संखुवासभा भएपनि दिदिको परिवार भारतको अर्नाचलमा बस्दै आएको गणेश कुलुङले जानकारी दिनुभयो । सञ्चार माध्ययममा समाचार प्रकाशन भएपछि खोजी गर्ने क्रममा दिदिको परिवार पत्ता लागेको गणेश कुलुङले बताउनुभयो ।

कुलुङले आफ्नो दिदिलाई बर्षौदेखि खोज्दै आएको र अझै नभेटिएको भन्दै कुलुङ समुदाय लक्षित सुनसरीबाट सञ्चालित प्रश्नोत्तर कार्यक्रमको कमेन्ट सेक्सनमा कमेन्ट लेख्नुभएको थियो । उक्त कमेन्टलाई कार्यक्रम सञ्चालक मनकला कुलुङले स्कृन सर्ट गरेर ईमकालु अनलाईनलाई पठाएको थियो । उक्त कमेन्टको आधारमा गणेश कुलुङसँग सम्पर्क गरि समाचार प्रकाशन गरिएको थियो । समाचार प्रकाशन पछि जिल्ला भित्रका र बाहिरका आम नागरिकहरुले खोजीको लागि पहल गरेका थिए । विभिन्न ब्यक्तिहरुले सम्पर्क विहिन चेलीको खोजीमा सहयोग गरेसँगै गणेश कुलुङले आफ्ना दिदि भेटाएका हुन् ।

अहिले दुई परिवार पुर्ण सम्पर्कमा रहेको र सम्भव भएसम्म छिट्टै पारिवारिक भेटघाट गर्ने तयारीमा रहेको गणेश कुलुङले जानकारी दिनुभयो । कुलुङले सम्पर्क विहिन दिदिलाई पाएपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

यो पनि पढ्नुहोस ।

भुटानबाट संखुवासभा आएकी चेलीलाई ३५ बर्षदेखि खोज्दै गणेश

सम्बन्धित समाचार