तुम्लिङटारमा कोरोना पोजेटिभसँगै बसेका सिलिचोङका दुई जनाको आरडिटी नेगेटिभ




ताम्कु । तुम्लिङटार क्वारेन्टाईनमा कोरोना पोजेटिभ देखिएकासँगै बसेका सिलिचोङ गाउँपालिकाको २ जनाको आरडिटी परिक्षण नेगेटिभ आएको हो । सनिबार आरडिटी परिक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

दुई जनालाई सिलिचोङ २ बालाको कंथुलामा रहेको सिद्धकाली आधारभुत विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो । धरानबाट बिरामी लिएर आएका तीन जनालाई एक रात तुम्लिङटार क्वारेन्टाईनमा राखिएको थियो । यसरी क्वारेन्टाईनमा राखिएका तीन जना मध्ये २ जना सिलिचोङ प्रवेश गरेका छन् भने एक जना खाँदबारी क्वारेन्टाईनमा राखिएको थियो ।

खाँदबारीमा राखिएको एक जनाको पनि पिसिआर नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयलाई उदृद्ध गर्दै सिलिचोङ स्वास्थ्य शाखाका पब्लिक हेल्थ नर्स प्रतिक्षा थेबेले जानकारी दिनुभयो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि थप ७ दिन होम क्वारेन्टाईनमा बस्ने गरि घर पटाईएको थेबेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार