खाँदबारी अस्पतालमा पहिलो पटक शल्यकृयाबाट जम्ल्याहा बच्चा निकालियो




खाँदबारी । खाँदबारी अस्पतालमा अत्यन्तै जोखिमपुर्ण मानिएको दोश्रो पटकको जुम्ल्यहा बच्चाको सफलता पुर्वक शल्यकृया गरिएको छ । सभापोखरी गाउँपालिकाको बाह्रविसेका २९ बर्षिय सर्मिला तामाङको जम्ल्यहा बच्चा शल्यकृयाबाट निकालिएको हो ।

जिल्ला अस्पताल खाँदबारीका चिकित्सकहरु भिमबहादुर लामाको नेतृत्वको टोलीले सफलता पुर्वक शल्यकृया गरेका हुन् । तामाङको यस अघि पनि पहिलो बच्चा शल्यकृया गरेर नै निकालिएको थियो । यस पटक पनि शल्यकृया नै गर्नु पर्ने र जुम्ल्यहा बच्चा भएकोले सुविधा सम्पन्न अस्पतालमा पठाउनै पर्ने अवस्था भए पनि खाँदबारी अस्पतालमा नै शल्यकृया गरिएको शल्यकृयामा आवद्ध चिकित्सकहरुले बताएका छन् । ‘यसै पनि दोश्रो पटकको शल्यकृया जोखिम हुन्छ, झन जुम्ल्याहा हुँदा अति संवेदनशिल थियो तर सफलता पुर्वक सम्पन्न भयो’, चिकित्सक भिमबहादुर लामाले भन्नुभयो । यस अघि सामान्य अवस्थामा दोश्रो पटक शल्यकृया गर्नकै लागि पनि सुविधा सम्पन्न अस्पताल रेफर गरिने गरेकोमा यस पटक खाँदबारी अस्पतालमै जोखिम मोलेर शल्यकृया गरिएको डाक्टर लामाले जानकारी दिनुभयो ।

कोरोना भाईरसको कारण अन्यत्र पठाउँदा विभिन्न जटिलता आउन सक्ने भएपछि विरामीहरु परिवारको मञ्जुरीमा शल्यकृया गरिएको चिकित्सकहरुले बताएका छन् । पर्याप्त उपकरण र जनशक्ति भए यस्ता जटिल प्रकृतिका उपचार खाँदबारी अस्पतालमा पनि सम्भव भएको डाक्टर प्रदिप श्रीवालको भनाई छ ।

सम्बन्धित समाचार