संखुवासभा मांसिम्माका क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग



खाँदबारी । क्यान्सर रोगी १४ वर्षिय बालक तिलराज गुरुङलाई ‘हाम्रो माङ्सिमा–हङकङ परिवार’ले आर्थिक सहयोग गरेको छ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बालक गुरुङलाई समाजको सक्रियतामा संकलित संखुवासभा तमू समाजका उपाध्यक्ष बाबुराम गुरुङ, चक्र गुरुङ, अर्जुन गुरुङ, सकिला गुरुङ, राजेन्द्र गुरुङ, सन्जिब गुरुङ, भूपाल बस्नेत लगायतले आज अस्पतालमै पुगेर एक लाख ७५ हजार २७२ रुपैयाँ हस्तान्तरण गरेका हुन्।

आर्थिक अवस्था कमजोर भएका कारण बालकका परिवारले सहयोगको अनुरोध गरेपछि सहयोग संकलन गरिएको समाजका लीला गुरुङ र हिरा गुरुङको नेतृत्वमा सहयोग रकम संकलन गरिएको थियो ।

संखुवासभाको मकालु गाउँपालिका माङ्सिमाका बालक गुरुङलाई बायाँ खुट्टामा क्यान्सर भएपछि दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार