सिलिचोङमा पनि भारी बर्षा, बाला स्वास्थ्य चौकीलाई पहिरोले पुर्यो



ताम्कु । सिलिचोङ गाउँपालिकामा पनि लगातार पानी पर्दा ठाउँ ठाउँमा पहिरो जान थालेको छ । सिलिचोङ २ बालामा पहिरो जाँदा स्वास्थ्य चौकीको भवन पुरिएको छ ।

करिव ५० मिटर माथीबाट पहिरो खस्दा भवन पुर्ण रुपमा क्षति भएको सिलिचोङ गाउँपालिका वडा नम्बर २ बालाका अध्यक्ष मोहन संशेर कुलुङले जानकारी दिनुभयो । पहिरोले स्वास्थ्य चौकीको भवन पुरिदा पुर्ण रुपमा भौतिक संरचनाहरु ध्वस्त भएको वडा अध्यक्ष कुलुङले जानकारी दिनुभयो । भवनसँगै त्यस भित्र रहेको औषधी लगायतका सम्पुर्ण सामानहरु पुरिएको कुलुङको भनाई छ ।

स्वास्थ्य चौकी भवनलाई पहिरोले पुरिएपछि उद्धारको लागि सिसुवाटार प्रहरी चौकीलाई खबर गरेपनि घटना स्थल पुग्न सकेको छैन । लगातार पानी परेपछि प्रहरी पुग्न नसकेको बताईएको छ । पानी रोकिने बित्तिकै घटना स्थलमा जाने प्रहरीले बताएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

सिलिचोङ गाउँपालिका पहिरोको उच्च जोखिम क्षेत्र हो । लगातार पानी परेपछि अन्य स्थानहरुमा पनि पहिरोको जोखिम बढेको छ ।

सम्बन्धित समाचार