संखुवासभा तमु समाज हङ्कङद्वारा मृगौला पिडित घलेलाई आर्थिक सहयोग




काठ्माण्डौ । संखुवासभा जिल्ला खाँदबारी ५ लेलुवाका मृगौला पिडित कर्ण घलेलाई संखुवासभा तमू समाज, हंगकंगले आर्थिक सहयोग गरेको छ । समाजले विभिन्न ब्यक्तिहरुबाट रकम संकलन गरेर आज (सनिबार) हस्तान्तरण गरेको हो ।

दुबै मृगौलामा ख़राबी आएपछि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेको घलेलाई हंगकंगका प्रतिनिधि तथा हङकङ समाजका पूर्ब अध्यक्ष धिरज गुरुङले ५ लाख ७५ हजार ९ सय रुपैंया हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बाबुराम गुरुङ, डम्बरसिंह गुरुङ, रामचन्द्र गुरुङ, नारायण गुरुङ लगायतको उपस्थिती रहेको थियो । संखुवासभा तमू समाज सेवा समिति, काठमाडौको लिखित अनुरोधमा उक्त रकम संकलन गरिएको उपाध्यक्ष बाबुराम गुरुङले बताए ।

सम्बन्धित समाचार