पुर्व राज्यमन्त्री खड्का र नेता शेर्पाद्वारा निशुल्क हेलिकप्टर सेवा र राहत सामग्री




खाँदबारी । मंगलबार दिउँसो सिसुवाखोलाको आकाशमा लगातार हेलिकप्टर उडिरह्यो । एक पटकको उडान नेपाली सेनाले खाद्यन्न सामग्री ल्याएको हो भने ६ पटकको उडान पुर्व राज्यमन्त्री खड्का र नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पाको थियो ।

नेता द्वयले उपलब्ध गराउनुभएको राहत सामग्री पुराउन तीन पटक बेसिन्दा पुराएको थियो भने चित्रेमा रहेका १५ जना अशक्त विस्थापितहरुलाई सिसुवाटार झारेको थियो । पाँच जनाको मात्र क्षमता भएको हेलिकप्टरबाट तीन पटक गरेर १५ जनालाई सिसुवाटार झारेको थियो । पहिरोमा परि घाईते भएका दुई जनालाई पनि हेलिकप्टरबाट खाँदबारी अस्पताल ल्याईएको थियो । यसरी दिनभरि गरिएको सवै उडान निशुल्क रहेको शेर्पाले जानकारी दिनुभयो । यसरी गरिएका उडानहरु र राहत सामग्रीको सम्पुर्ण खर्च पुर्व राज्यमन्त्री खड्का र नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पाको ब्यक्तिगत रहेको पुर्व राज्यमन्त्री खड्काले जानकारी दिनुभयो ।

पुर्व राज्यमन्त्री खड्का, नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पा, नेपाली कांग्रेसका संखुवासभा सभापति दिपन श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्रीय सभापति उमेश चौहान लगायतको टोली हेलिकप्टरबाट घटनास्थल पुगेका थिए ।

सम्बन्धित समाचार