पुर्व राज्यमन्त्री खड्काले भने, घाईतेको उपचार खर्च मेरो जिम्मा




खाँदबारी । अषाढ २७ गते राती पहिरो गएर घाईते भएका गोभा सिं कुलुङ र अर्को एक जना विरामी मंगलबार हेलिकप्टरबाट खाँदबारी अस्पताल ल्याईएको थियो । उनीहरुको उपचार खाँदबारी अस्पतालमा भईरहेको छ ।

गाउँबाटै हेलिकप्टरबाट ल्याईएको उनीहरुको सम्पुर्ण उपचार खर्च पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले ब्यहोर्ने बताउनु भएको छ । ईमकालु अनलाईनसँग कुराकानी गर्नुहुँदै अस्पताल भर्नादेखि डिस्चार्जसम्मको सवै खर्च आफुले ब्यहोर्ने बताउनुभएको हो । घरबार नै गुमाउनु पुगेकाहरुलाई खर्चको अभावको कारण उपचारमा संकोच नमान्न समेत विरामीलाई भनेको उहाँले बताउनुभयो । उपचारको लागि लाग्ने अन्य खर्च समेत आफु तिरिदिने खड्काको भनाई छ ।

यसै विच, नेपाली कांग्रेसका नेता तथा पर्यटन ब्यावसायी मिङमा शेर्पाले बिरामीहरुलाई नगद ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । शेर्पाले विरामीहरुको उपचारमा तत्काल खर्च ब्यवस्थापनको लागि पाँच हजार रुपैयाँ बिरामीका कुरुवालाई प्रदान गर्नुभएको हो ।

दुवै विरामीलाई पुर्व राज्यमन्त्री खड्का र पर्यटन ब्यावसायी तथा कांग्रेस नेता मिङमा शेर्पाले निशुल्क रुपमा उद्धार गर्नुभएको हो ।

सम्बन्धित समाचार