कुलुङ संघ संखुवासभाले पहिरो पिडितका लागि राहत संकलन गर्ने




खाँदबारी । कुलुङ जातीहरुको संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ जिल्ला कार्य समिति संखुवासभाले बाढि पहिरो पिडितहरुका लागि राहत संकलन गर्ने भएको छ । जिल्ला कार्य समिति संखुवासभाका अध्यक्ष लाकपत कुलुङको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राहत संकलन तथा ब्यवस्थापनको लागि मोहनकुमारी कुलुङको अध्यक्षतामा पाँच सदसिय कार्य समिति गठन गरेको छ । समितिको सचिवमा रस्तधन कुलुङ र कोषाध्यक्षमा कमला कुलुङ चयन गरिएको छ । त्यस्तै पण्डित कुलुङ र हेमकला कुलु लाई सदस्यमा चयन गरिएको छ । उक्त समितिले छुट्टै बैंक खाता सञ्चालन गरेर राहत रकम जम्मा गर्ने निर्णय गरेको छ । दाताहरुबाट संकलन भएको रकमको बिवरण चुस्त र पारदर्शि बनाएर सम्बन्धीत निकायलाई उपलब्ध गराउने संघका अध्यक्ष लाकपत कुलुङले जानकारी दिनुभयो ।

राहत रकम कुलुङ संघका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहहरु र अन्तरदेशिय (विदेश) समितिहरुसँग समन्वय गरेर संकलन संकलन गरिने समेत अध्यक्ष कुलुङले जानकारी दिनुभयो । सिलिचोङ गाउँपालिका वडा नम्बर १ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाका कुलुङ समुदायहरु पहिरोबाट पिडित भएकोले राहत संकलन गर्न लागिएको कुलुङ संघ संखुवासभाले जनाएको छ । विपदको बेला एक भएर सामना गर्नको लागि राहत संकलनमा सहयोग गर्न समेत संघले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार