बाढी पहिरोका घाईतेहरुलाई खाँदबारी अस्पतालले निशुल्क उपचार गर्ने




खाँदबारी । खाँदबारी अस्पतालले बाढी पहिरोका घाईतेहरुलाई निशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ती जारी गर्दै घाईते तथा बिरामीहरुको उपचार निशुल्क गर्ने जानकारी गराएको हो ।

अस्पतालले सामाजिक दायित्व पुरा गर्दै निशुल्क उपचार गर्ने भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुन्दर श्याम झाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । यस अघिदेखि नै लक्षित बर्गहरुको उपचार निशुल्क हुँदै आएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घाईतेहरुको उपचारको लागि प्रदेश सरकारबाट प्रति ब्यक्ति पाँच हजार रुपैयाँ अस्पताललाई प्राप्त हुने ब्यवस्था रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो । विरामी उपचार भई डिस्चार्ज भएर घर जाँदा समेत यातायात खर्च एक हजार रुपैयाँ दिने ब्यवस्था रहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । उक्त रकम प्रदेश सरकारले नदिए पनि खाँदबारी अस्पताल आफैले उक्त सेवाहरु दिने समेत अध्यक्ष शाक्यले बताउनुभयो ।

सम्बन्धित समाचार