दुई घलेद्वारा सिलिचोङका पहिरो विस्थापितलाई एक लाख दश हजार रुपैयाँ राहत सहयोग




खाँदबारी । नेपाली कांग्रेसका भातृ संघ नेपाल तरुण दलका संखुवासभा सभापति टकमान घले र नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्य समितिका सह सचिव राजेन्द्र घलेले सिलिचोङ पहिरोका विस्थापितहरुलाई राहत रकम प्रदान गर्नुभएको छ । घलेद्वयले आज नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालयमा एक संक्षिप्त कार्यक्रम आयोजना गरि अभियान्ता संयोगान्त कुलुङलाई हस्तान्तरण गरेका छन् ।

राहत संकलनको लागि सिलिचोङ समन्वय समिति काठ्माण्डौले राहत संकलन अभियान सञ्चालन गरिरहेको छ । यस क्रममा समितिको अनुरोधमा घलेद्वयले राहत स्वरुप रकम हस्तान्तरण गरेका हुन् । समितिका अध्यक्ष संयोगान्त कुलुङको अनुरोधमा उहाँहरुले रकम उपलब्ध गराएको बताएका छन् । हामीले सकेको सहयोग त गर्ने भनेकै थियौं, संयोगान्त जीले भन्नुभएपछि उहाँहरुकै संस्था मार्फत सहयोग गरेका हौं, तरुण दल सभापति टकमान घलेले भन्नुभयो ।

विपदको समयमा सहयोग गर्ने दुवैजनालाई समितिका अध्यक्ष कुलुङले धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्बन्धित समाचार