सिलिचोङ पहिरोः संखुवासभा काठ्माण्डौ कुलुङ समन्वय समितिले राहत संकलन गर्दै




खाँदबारी । काठ्माण्डौमा स्थापना गरिएको संखुवासभाली कुलुङ समुदायको संस्था संखुवासभा काठ्माण्डौ कुलुङ समन्वय समितिले राहत संकलन गरिरहेको छ । गत असार २७ गते सिलिचोङ १ सिसुवाखोलामा गएको पहिरो विस्थापितहरुको सहयोगार्थ अभियान सञ्चालन गरेर राहत संकलन गरिरहेको हो ।

समितिले संस्थाका पदाधीकारीहरु, जिनजानको ईष्टमित्र र सामाजिक सञ्जालबाट सहयोगको आव्हान गरेर संकलन गरिरहेको समितिका अध्यक्ष दिलिप कुलुङले जानकारी दिनुभयो । सामाजिक सञ्जालबाट आव्हान गरेर तथा कतिपयले आफैले पनि सम्पर्क गरेर राहत जुटाई रहेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

हालसम्म विभिन्न ब्यक्ति र संघसंस्थाहरुबाट ५० हजार रुपैयाँ भन्दा बढी सहयोग आईसकेको बताईएको छ । संकलित रकमलाई पारदर्शि र ब्यवस्थित बनाउन बैंक खातामा जम्मा गरिदै आएको समेत समितिका अध्यक्ष कुलुङले जानकारी दिनुभयो । राहत संकलन अभियान भदौ ३ सम्म सञ्चालन गरेर गाउँपालिका मार्फत वितरण वा हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

यस्तो विपदको समयमा सहयोग जुटाएर पुन्यको काममा सरिक हुनको लागि समन्वय समितिले अनुरोध गर्दै आएको छ । समन्वय समिति एउटा माध्ययम भएकोले राहत संकलनमा जुट्नको लागि समितिका अध्यक्ष कुलुङले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचार