संखुवासभामा बालिकालाई बन्धक बनाई जबरजस्ती गर्ने पक्राउ




खाँदबारी । जिल्लाको एक बालिकालाई बन्धक बनाई जबरजस्ती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ बर्षिय बालिकालाई डरत्रास देखाएर अपहरण गरि जबरजस्ती गर्ने भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिकाका २० बर्षिय रोषन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले ललाई फकाई गरि बालिकाको मोबाईल समेत जफत गरेर सम्पर्क विहिन बनाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका मिडिया समन्वय अधिकृत प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो । राईले बालिकालाई सङ्खुवासभाको विभिन्न स्थानमा बन्धक बनाएको र पटक पटक जबरजस्ती गरेको प्रहरी निरिक्षक राईले बताउनुभयो ।

पक्राउ परेका राईलाई अपहरण गरि शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार