दक्षिण कोरियाबाट सिलिचोङ राहत कोषमा ४ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा




खाँदबारी । दक्षिण कोरियामा कार्यरत युवाहरुले सिलिचोङ राहत कोषमा ४ लाख ३३ हजार ५ सय ६१ रुपैयाँ जम्मा गरेका छन् । कोरियामा कार्यरत युवा समुहले त्यहाँका विभिन्न ब्यक्तिहरुबाट संकलन गरेर उक्त रकम राहत कोषको खातामा जम्मा गरेका हुन् ।

उमेश मेवाहाङ, उदिप कुलुङ, योगराज मेवाहाङ, निरज मेवाहाङ, दिपा मेवाहाङ र आशिष कुलुङको टोलीले विभिन्न ब्यक्तिहरुबाट रकम संकलन गरेर राहत कोषको बैंक खातामा पठाएका हुन् । गत असार २७ गते राती सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवामा गएको पहिरोबाट विस्थापितहरुका लागि राहत पुराउने उद्देश्यका साथ रकम संकलन गरिएको थियो ।

यो अभियानमा आर्थिक सहयोग गर्ने सवैलाई अभियान्ता टोलीले धन्यवाद ज्ञापन गरेका छन् । राहत संकलन अभियानमा एक सय ९ जनाले सहयोग गरेको अभियान्ता उदिप कुलुङले जानकारी दिनुभयो । ईमकालु अनलालईनसँग कुरा गर्नुहुँदै अभियान्ता कुलुङले सवै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

आफुहरुले संकलन गरेको रकमले विस्थापितहरुको ब्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा लिएको समेत कुलुङले बताउनुभयो ।

संखुवासभालीहरूकाे संस्था संखुवासभा समाज दक्षिण काेरियाले राहत संकलन गरिरहेकाेले अन्य ईच्छुक दाताहरूले त्यस मार्फत सहयाेग संकलन गर्न सकिने कुलुङकाे भनाई छ । समाजले राहत संकलन गरिरहेकैले अाफुहरूले अभियान स्थगन गरेकाे कुलुङले बताउनुभयाे । अब अाफुहरूले पनि संखुवासभा समाजकाे अभियानमा सहयाेग गर्ने समेत कुलुङले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार