संखुवासभा उद्योग बाणिज्य संघद्वारा सिलिचोङ पहिरो पिडितलाई नगद सहयोग




खाँदबारी । संखुवासभा उद्योग बाणिज्य संघले सिलिचोङ १ सिसुवाखोलामा गएको पहिरो पिडितहरुको राहतका लागि नगद र मास्क सहयोग प्रदान गरेको छ । शुक्रबार संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई ६५ हजार रुपैयाँ र मास्क हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल र अध्यक्ष कुलुङलाई बाणिज्य संघको कार्यालयमा स्वागत समेत गरिएको थियो । संघले जिल्लाका ब्यावसायीहरुबाट संकलन गरेर राहत उपलब्ध गराएको बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो । कोरोना कहरका विचमा ब्यापार ब्यावसाय ठप्पा भए पनि पहिरो पिडतहरुको सान्त्वना स्वरुप राहत सहयोग गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । संघले उपलब्ध गराएको सहयोग रकम विपद ब्यवस्थापनमा गाउँपालिकाले आवश्यक परेको जुनसुकै क्षेत्रमा खर्च गर्न सक्ने अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

राहत रकम बुझिलिनुहुँदै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले धन्यवाद ज्ञापन गर्नुभयो । विपदको समयमा यसरी प्राप्त भएको राहतले आफुहरुको मनोबल बढ्दै गएको समेत अध्यक्ष कुलुङले बताउनुभयो । दाताहरुबाट प्राप्त भएको रकम दिर्घकालिन ब्यवस्थापनमा लगानी गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित समाचार