प्रस्तावकको मृत्यु भएपछि नेशनल लाईफले दियो पाँच लाख रुपैयाँ, १६ बर्षपछि थप १० लाख पाउने




खाँदबारी । आफ्नो छोरीको प्रस्तावक बसेका खाँदबारी २ का उचित बहादुर राईको निधन भएपछि उहाँको परिवारलाई नेशनल लाईफ ईन्सुरेन्सले ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । आज नेशनल लाईफ ईन्सुरेन्सको खाँदबारी कार्यालयमा एक कार्यक्रम आयोजना गरि खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले राईको श्रीमती सुमित्रा राईलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

राईले अघिल्लो बर्षको असार ३१ गते छोरी सुशिला राईको ५ लाख रुपैयाँ बराबरको जीवन बिमा गर्नुभएको थियो । छोरीको बीमाको प्रस्तावक बनेको राईले एक किस्ता मात्र ३३ हजार ७ सय ४० रुपैयाँ बुझाएको थियो । बीमा सुरु गरिएपछि दोश्रो किस्ता नबुझाउँदै प्रस्तावक राईको ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि भुक्तानी दावी गरिएको थियो । राईको ०७६ माघ २४ गते खाँदबारी ४ पांमामा दुर्घटनामा परि मृत्यु भएको थियो ।

प्रस्तावकको मृत्यु भए पश्चात भुक्तानी दिईने कम्पनीको पोलेसि अनुसार मृत्तक राईको परिवारलाई रकम उपलब्ध गराईएको खाँदबारी शाखाको प्रमुख कमल आले मगरले जानकारी दिनुभयो । छोरी शुसिलाको नाममा बिमा गरि प्रस्तावक बसेका उचित बहादुर राई को २०७६ माघ २४ गते ट्याक्टर दुर्घटना परि मृत्यु भएको थियो । १५ बर्षे बीमा सुरु गरिएकोमा प्रस्तावक राईको निधन भएपछि बाँकी १४ किस्ता प्रिमियम कम्पनीले तिरिदिने समेत शाखा प्रमसख मगरले बताउनुभयो । त्यस्तै, बिमा सुरु गरिएको १४ बर्षमा एक लाख २५ हजार, १५ बर्षमा पुनः १ लाख २५ हजार र १६ बर्षमा ७ लाख ५० हजार रुपैयाँ भुक्तानी हुने नेपाल लाईफ ईन्सुरेन्सका बरिष्ट ब्यावसाय प्रबन्धक नेपालमान श्रेष्ठले जानकारी दिनुभयो । यसरी विमितिले ३ किस्तामा १० लाख रुपैयाँ पाउने श्रेष्ठले बताउनुभयो ।

मृत्तक राईले बरिष्ठ ब्यावसाय प्रबन्धक श्रेष्ठबाट नै छोरिको बिमा गराएको नेशनल लाईफ ईन्स्योरेन्स खाँदबारी शाखाले जनाएको छ ।

सम्बन्धित समाचार