सिलिचोङ पहिरो पिडितलाई खाँदबारी नगरपालिकाले दियो तीन लाख रुपैयाँ




खाँदबारी । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको पहिरो पिडितलाई खाँदबारी नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको छ । खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले सिलिचोङका पहिरो पिडीतका लागि सिलिचोङ गाँउपालिकाका अध्यक्ष राम बहादुर कुलुङलाई एक कार्यक्रमका विच चेक हस्तान्तरण गरेको हो ।

राहत वितरण कार्यक्रमका बोल्दै जिल्ला समन्वय समितीका सभापति सुमन शाक्यले राहत तथा उद्दारमा सबै क्षेत्रले सकेको सहयोग गरिरहेको बताउनुभयो। कार्यक्रममा बोल्नुहुँदै प्रमुख शाक्यले पहिरो पिडीतलाई जतिसक्दो चाँडो स्थायी ब्यवस्थापन गर्नु पर्ने समेत बताउनुभयो । राहत वितरण कार्यक्रममा बोल्नुहुँदै खाँदबारी नगर प्रमुख मुरारी प्रसाद खतिवडाले पहिरो पिडीतको पुर्नस्थापनकामा हातेमोलो गर्न खाँदबारी नगरपालिका तयार रहेको बताउनुभयो । हाललाई नगरपालिकाको तर्फबाट राहत स्वरुप ३ लाख रुपैयाँ प्रदान गरिएको र बाँकी दिनहरुमा पनि सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।

बुधबार खाँदबारी नगरपालिका–११ हेलुवाबेशीमा भएको राहत हस्तान्त्रण कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, खाँदबारी नगर प्रमुख मुरारी खतिवडा, सिलिचोङ गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङ, स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु र जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार