जि र पहाडी विकासको सहयोगमा दुर्गम गाउँमा खानेपानी र विद्यालय भवन




भोजपुर । भोजपुरको विकट क्षेत्र साल्पा शिलिछो गाउँपालिकाको थुम्लुङमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । अन्तराष्ट्रिय गैह्र सरकारी संस्था जी फाउण्डेशनको आर्थिक सहयोग तथा पहाडि विकास तथा संरक्षण समुह नेपालको प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न भएको हो ।

साल्पासिलिछो गाउँपालिका ६ थुम्लुङको आईतबारे आधारभुत विद्यालयको भवन पुनः निर्माण सम्पन्न भएको हो । भवन निर्माण कार्य सम्पन्न भएसँगै सार्वजनिक सुनुवाई गर्दै विद्यालय विद्यालयलाई विद्यालयको साँचो हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष महेश राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि भवनको साँचो विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा साल्पाशिलिछो गाउपालिका वडा नम्बर ६ का अध्यक्ष विक्रम बन सन्यासी र जि फाउण्डेशनका प्रतिनिधी समेतको उपस्थिती रहेको थियो ।

विद्यालयको भवन पुनः निर्माणका लागि जी फाउण्डेशनको तर्फबाट नगद चौबीस लाख छयाअसी हजार तेह्र रुपैयाँ र स्थानीय जनसमुदायको तर्फबाट तीन लाख पच्चीस हजार आठ सय बीस रुपैयाँ बराबरको जनश्रमदान गरी जम्मा अठाईस लाख एघार हजार आठ सय तेत्तीस रुपैयाँको लागतमा सम्पन्न भएको हो । विद्यालय भवनसँगै विद्यालयका लागि अत्यावश्यक बालमैत्री खानेपानी धारा समेत संस्थाको सहयोगमा निर्माण सम्पन्न भएको छ ।

यसै विच, जि फाउण्डेशनकै आर्थिक सहयोगमा साल्पाशिलिछो गाउपालिका वडा नम्बर ५ मातेलमा एक घर एक खानेपानी धारा निर्माण कार्य पनि सम्पन्न भएको छ । योजना सम्पन्न गर्न जी फाउण्डेशनको साझेदारी संस्था पहाडी विकास तथा संरक्षण समुह नपालको तर्फबाट एकाउन्न लाख पैतालीस हजार छ सय बाईस रुपैयाँ नगद अनुदानमा प्राप्त भएको थियो । त्यस्तै स्थानीय जनसमुदायको तर्फबाट अठार लाख छ हजार तीन सय दश रुपैया बराबरको जनश्रमदान जुटेको थियो ।

उक्त आयोजनाबाट मातेलमा एक सय १५ परिवार लाभान्वीत भएका छन् । उक्त खानेपानी निर्माण परियोजनाको पनि सार्वजनीक सुनुवाई, सामाजिक लेखापरिक्षण तथा उद्घाटन कार्यक्रम साल्पाशिलिछो गाउपालिका अध्यक्ष श्री महेश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार