संखुवासभामा थप १ जनामा कोरोना भाईरस पुष्टि, संक्रमितको संख्या ४ पुग्यो




खाँदबारी । सङ्खुवासभामा थप एक जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । पिसिआर परिक्षणको आज आएको रिपोर्ट अनुसार अरुण तेश्रोमा कार्यरत एक जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको हो ।

जेपी कम्पनी अन्तर्गत अरुण तेश्रोमा काम गर्दै आएका ३२ बर्षिय भारतीय पुरुषमा कोरोना पोजेटिभ पाईएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्त रोषन श्रेष्ठले जानकारी दिनुभयो । उहाँ १० दिन अघिदेखि फ्क्सीन्दा दोभानमा बनाईएको क्वारेन्टाईनमा राखिएको थियो । उहाँको रिपोर्टको बारेमा खाँदबारी अस्पताललाई जानकारी गराईसकिएको र आईसोलेसनमा राख्ने तयारी भईरहेको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि पनि सङ्खुवासभामा ३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको हिमालय किरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलेसनमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार