प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिए, ८१ डिस्चार्ज



धरान । प्रदेश १ मा आज थप ९० जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकामा मोरङमा ४६, सुनसरीमा ३८, सङ्खुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा सङ्क्रमण देखिएको छ । मोरङको कटहरिमा ३ महिला ४ पुरुष र सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहबीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, सङ्खुवासभाको खाँदवारिका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ३० पुगेको छ ।

प्रदेश १ बाट आज ८१ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, काली सदन आइसोलेसन विराटनगरबाट १ र होम आइसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ४ सय ९६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७ सय ७३ पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आज सम्म ८३ हजार ८७५ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित समाचार