वीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

सिरहाको मिर्चैया ६ निवासी उनको सोमबार राति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएको थियो। उच्च रक्तचाप र मधुमेहका समेत रोगी रहेका उनको ९ गते संक्रमण पुष्टि भएको थियो।

स्वासप्रस्वास समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। यो सँगै बीपीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । मृतकको शव अस्तपालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार