सङ्खुवासभामा एक हप्ता थपियो निषेधाज्ञा




खाँदबारी । कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालयले एक हप्ताको लागि निषेधाज्ञा थप गरेको छ । बुधबार राती १२ बजेदेखि लागु हुने गरि २५ गते राती १२ बजेसम्म निषेधाज्ञ घोषणा गरेको हो ।

प्रसासनले संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञ जारी गरेको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिनुभयो । निषेधाज्ञाको समयमा निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई संक्रमक रोग ऐन अनुसार नै कारवाहि गरिने समेत प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । यो अवधिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु लगायत अत्यावश्यक क्षेत्रका सवारी साधन र ब्यक्तिहरु मात्र बाहिर निस्कन सक्ने प्रजिअ आचार्यले बताउनुभयो ।

सङ्खुवासभामा अहिलेसम्म ३२ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । त्यस मध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् । अन्यको जिल्लाकै हिमालय किरण पब्लिक क्यामपसमा बनाईएको आईसोलेसनमा राखेर उपचार भईरहेको छ । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको खाँदबारी अस्पतालले जनाएको छ । कोरोना संक्रमितहरु मध्ये १० जना प्रहरीहरु रहेका छन् भने ७ जना प्रहरी कार्यालयका थुनुवाहरु रहेका छन् । बाँकी भने अन्य जिल्लाबाट आएकाहरुमा संक्रमण देखिएको हो ।

यस अघि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएपनि त्यस्तो नभएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । समुदायबाट नमुना स्वाप संकलन गरि परिक्षणका लागि पठाउँदा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार