संखुवासभामा पनि फुड बैंकः हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं




खाँदबारी । नेपाल तरुण दल क्षेत्रिय कायसमिति क्षेत्र नं १ ले सनिवार संखुवासभाको खाँदबारी ९ तुम्लिङटारमा हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं कार्यक्रम संचालन गरि राहत बितरण कार्यक्रम शुरु गरेको छ ।

हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ संचालन गरिएको राहत संकलन तथा बितरण कार्यक्रममा नेपाली काँग्रेसका भात्रि तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।
हुनेले दिएको राहत सामग्री कोभिड १९ का कारण लामो समय देखिको लकडाउनबाट जिबिकोपार्जनमा समस्या भएकाललाई राहत स्वरुप उपलब्ध गराईएको नेपाल तरुण दल क्षेत्रीय कार्यसमितिका सभापति उमेश चौहानले जानकारी दिए । खाँदबारी ९ का ४ सय १९ जनालाई प्रतिब्यक्ती ५ केजी चामल, १ पोका तेल, १ केजी नुन, दाल र माक्स बितरण गरिएको नेपाल तरुण दल क्षेत्रीय कार्यसमितिका सदस्य ईश्वरकाजी कटुवालले जानकारी दिए । आयोजक नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ले राहत बितरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए ।

बिपदको यस घडिमा बिपन्न र असक्तलाई सहयोग गर्न सबैसमक्ष आग्रह गर्दै शुरु गरिएको अभियानको आज पहिलो दिन संखुवासभाका बिभिन्न स्थानमा रहेका ४ सय १९ बिपन्न र मजदुर परिवारलाई राहत उपलब्ध गराईएको क्षेत्रिय सभापति उमेश चौहानको भनाई छ ।

सम्बन्धित समाचार