संखुवाखोलामा माछा मार्न गएका एक युवक बेपत्ता




ताम्कु । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका एक युवक खोलाले बगाएर बेपत्ता भएका छन् । आईतबार गाउँ मुनीको संखुवाखोलामा माछा मार्न गएका बर्ष ३० का सुवास कुलुङ बेपत्ता भएका हुन् ।

आईतबार बिहान माछा मार्न गएका कुलुङ खोलाले बगाएर बेपत्ता भएको वडा नं. २ का अध्यक्ष मोहन संशेर कुलुङले जानकारी दिनुभयो । बेपत्ता भएका राईको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिनुभयो । बेपत्ता भएकाको कुलुङको आइतबार स्थानीयवासी र सिसुवा प्रहरी चौकीको टोलीले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकेको प्रहरी निरिक्षक राईले बताउनुभयो ।

सम्बन्धित समाचार