असल शासन क्लब संखुवासभाद्वारा फुड एण्ड क्लोथ बैंक सञ्चालन




खाँदबारी । हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ असल शासन क्लब संखुवासभाको फुड एण्ड क्लोथ बैंक सञ्चलन सुरु भएको छ । कोरोना भाईरस कोभिड १९ का कारण विहान बेलुकी खान नै समस्या हुने र कपडा लगाउन नपाएका विपन्न परिवारलाई लक्षित गरि सञ्चाल सुरु गरिएको हो ।

संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका कार्यालय अगाडी, मानेभन्ज्याङ बजार र तुम्लिङटार बजारमा स्टल राखिने क्लबका अध्यक्ष मनिष श्रेष्ठले जानकारी दिए । उनले खाँदबारी नगरपालिकाले तयार गरेको तथ्याङ्कको आधारमा वितरण गरिने बताए । सोमबार क्लबले करिब ४० हजार रकम तथा खाद्य सामाग्री संकलन संकलन गरेको छ । सो रकम तथा खाद्य सामाग्री वितरण सुरु गरिएको जानकारी गराएको छ । अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार पहिलो चरणमा विपन्न परिवारलाई २ केजी चामल, १ पोका तेल, १ पोका नुन, १ केजी न्युटेला र १ केजी दाल उपलब्ध गराईने छ ।

भने लत्ताकपडा भने दाताहरुकै सहयोगबाट वितरण गरिने छ । असल शासन क्लब संखुवासभाले आयोजना गरेको यो कार्यक्रममा सबैले स्वोच्छिक सहयोग गर्नको लागि सबैमा अनुरोध गरिएको छ ।

नागरिक चासो डटकमबाट साभार गरिएको ।

सम्बन्धित समाचार