भोजपुरमा देवरको कुटपिटबाट भाउजुको मृत्यु




भोजपुर । कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरि कुटपिट गरि हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि डिलबाट हुत्याएर आफु घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण कुमार चन्दले जानकारी दिए । राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार